bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

विन्दबासिनी गाँउपालिका कार्यालयमा विद्यार्थी र प्रहरी बिच झडप, चार विधार्थी घाइते

pokhariya Holi Notice

पर्सा को बिंदवासनी गाऊलिकाको कार्यालय घेराउ गर्न पुगेका विद्यार्थीहरुमाथि प्रहरीले लाठी चार्ज गर्दा चार जना विद्यार्थी घाइते भएका छन् ।

घाइते हुनेहरुमा विन्दबासिनी गाँउपालिका २ गर्दौलस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत खेम बहादुर गोढ , अनुराग यादव ,विशाल यादव र कक्षा ८ मा अध्ययनरत कृष्ण मुखिया रहेका छन् । तीमध्ये खेम र कृष्णको टाँउको फुटेको छ भने अनुराग र विशालको हातमा चोट लागेको छ । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ ।

गाँउपालिकाले गरेको शिक्षक सरुवाको निर्णय फिर्ता लिनुपर्ने र प्रधानाध्यापकलाई सरुवा गर्नु पर्ने माग गर्दै नेपाल राष्ट्रिय मावि गर्दौल र राधाकृष्ण मावि बहुअर्वाका विद्यार्थीहरुले आइतबार गाँउपालिका कार्यालय घेराउ गरेका थिए । लठ्ठी र भाठासहित पुगेका प्रदर्शनकारी विद्यार्थीहरुले नाराबाजी गर्दै प्रदर्शन गर्न थालेपछि स्थिती नियन्त्रणमा लिने क्रममा प्रहरीले लाठी चार्ज गरेपछि चारजना विद्यार्थी घाइते भएका हुन् ।

घाइते भएका मध्ये नेपाल राष्ट्रिय मावि गर्दौलको कक्षा ९ मा अध्ययनरत छात्र खेमबहादुर गोढले आफुहरु गुनासो लिएर गाँउपालिकामा आउँदा प्रहरीले लाठीचार्ज गरेर दमन गरेको बताए ।

उनले विद्यालयका शिक्षकद्वय विनोद राउत र धर्मेन्द्र चौबेको सरुवा भएपछि आफुहरुको पठनपाठन प्रभावित भएको बताए ।साथै प्रधानाध्यापक नन्दु प्रसाद यादवले व्यापक अनियमितता गरेकाले उनको सरुवा हुनुपर्ने माग आफुहरुको रहेको उनले बताए ।

यस्तै प्रदर्शनमा सहभागी कक्षा ९ मै अध्ययनरत छात्रा नितु यादवले प्रहरीले गुण्डागर्दी शैलीमा विद्यार्थीहरुमाथि लाठी बर्साएको बताइन् । उनले विद्यालयमा आफुहरुको मागको सुनुवाई नभएपछि गाँउपालिकामा आउँदा प्रहरीले कुटपिट गरेर घाइते बनाएको आरोप लगाइन् । उनले भनिन्,‘ हेडसर नन्दु यादवलाई तत्काल विद्यालयबाट हटाउनु पर्छ किनकि उहाँको कारण हाम्रो पढाई धेरै बिग्रिएको छ । स्कुलमा घोटालापनि भएको छ ।

घटनास्थलमा खटिएका ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहनविक्रम केसीले समस्या समाधानका लागि आन्दोलन विद्यार्थी र गाँउपालिकाका जनप्रतिनिधीबिच छलफलको प्रयास भइरहेको बताए ।

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer