विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
Simarajitpur

शिक्षक यूनियन नेपालको प्रादेशिक अधिबेशन हुदै

शिक्षक यूनियन नेपालको प्रादेशिक अधिबेशन हुदै

4,005

Get real time updates directly on you device, subscribe now.

cin bigyapan

शिक्षक यूनियन नेपालको प्रादेशिक अधिबेशन हुदै

devatal gapa
Thank you for reading this post, don't forget to subscribe!

उषा सरदर , बिराटनगर

माध्यमिक बिधालय शिक्षक युनियन नेपालले जेठ 10 गते बिराटनगरमा प्रथम अधिबेशन गर्ने भएको छ । अधिबेशनमा शिक्षकहरुको पेशागत हकहित र स्थायित्वलाई मुख्य एजेन्डा बनाइएको छ। बिराटनगरमा बुधबार पत्रकार सम्मेलन गर्दै 20 बुदा माग समाबेश भएको प्रेस बिज्ञप्ति बितरण गरिएको थियो। बितरित बिज्ञप्तिमा साबिकको सामुदायिक उ मा वि तहको लागि प्राप्त 4000 शिक्षक अनुदानलाई दरबन्दीमा परिणत गर्नुपर्ने। सोही तहमा कार्यरत शिक्षकहरुको ब्यबस्थापनका लागि तत्काल थप आवश्यक दरवन्दी स्वीकृत गराउने। साविकको सामुदायिक उमाबी तहमा कार्यरत शिक्षकहरुलाई विशेष आन्तरिक प्रक्रियादुवारा मावि दितिय क्षेणिमा स्थायी गर्नुपर्ने । शिक्षक बिमाको अनिवार्य व्यवस्था गरिनुपर्ने। संघीय, प्रादेशिक र सबै स्थानीय सरकार दुवरा निर्माण गरिने शिक्षा सम्बन्धि एन नियमावली निर्देशिका र कार्य बिधीमा एकरूपता हुनुपर्ने। माध्यमिक तहको शिक्षालाई प्रादेशिक सरकारको मातहतमा राख्नुपर्ने ।माबि तहलाइ दुई खण्डमा बिभाजन गरि सिनियर माबी र जुनियर माबी बनाउनु पर्ने शिक्षकका छोराछोरीलाई उच्च शिक्षा सम्म छात्रवृत्तिको व्यव्स्था गर्ने। समायोजित साबिक उमाबी तहमा कार्यरत शिक्षकलाई पनि गोल्डेन ह्यन्ड्सेकको व्यब्स्था गर्नुपर्ने माग समावेश छ।कक्षा 11,12 मा 2 हजार दरबन्दी र 4 हजार अनुदान गरि जम्मा 6 हजार शिक्षकहरु अहिलेसम्म अस्थायी शिक्षक कै रुपमा कार्यरत रहेको र तिनिहरु पाउनुपर्ने सेवा सुबिधा समेत नपाइ रहेकोले स्थायी गरि सम्पुर्ण सेवा सुबिधा उपलब्ध गराउनु पर्ने प्रदेश समितिको अध्यक्ष राजेश बस्नेतले सरकारसङ माग गरेका छन ।बस्नेतका अनुसार बिगत 25-30 बर्ष देखि पद्गाउदै आएका शिक्षकहरुले आबकास पाउँदा रितोहात घर फरकनु पर्ने स्थितीको अन्त्य गर्नका लागि माग पूरा नभए सम्म आन्दोलनमा होमि रहने चेतावनी दिए।अधिबेशनमा प्रदेश एकका मुख्यमन्त्री सेरधन राई, समाजिक बिकासमन्त्री जीवन धिमिरे लगायत 14 जिल्ला कमिटी तथा 136 वटै स्थानीय कमिटी लगायत +2 अध्यापन गराउने 300 शिक्षकको सहभगिता रहनेछन् । पत्रकार सम्मेलमा गराएको जानकारी अनुसार प्रदेश न 1मा करिब 7 सय अस्थायी माध्यमिक शिक्षक रहेका छ।

baragadhi

Get real time updates directly on you device, subscribe now.

Karaiya Mai

Comments are closed.