bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

नवरात्रको पहिलो दिन रौतहटमा हजारौ कुमारी कन्याहरुको कलश यात्रा ।

pokhariya Holi Notice

बिकाश पाण्डे //

असोज १२ गते //

रौतहट । यस वर्षको बडादशैं आजदेखी सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाका दिन आज बिहान घरघरमा जौ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना गरेपछि दशैं सुरु भएको हो ।
दशैको अवसरमा रौतहटको अलग–अलग स्थानमा आज हजारौको संख्यामा कुमारी कन्याहरुले कलश शोभा यात्रा निकालेका छन् ।
आईतवार दसैँको पहिलो दिन घटस्थापनाको अवसर पारेर जिल्लाको, गरुडा, शिवनगर गौर, कटहरिया लगाएतको बजारमा रहेको दुर्गाको मन्दिरमा हजारौ कुमारी कन्याहरुले कलश शोभा यात्रा निकालेका हुन् ।
दशैमा जिल्लाको, गरुडा, शिवनगर, कटहरिया लगाएतका ठाउँहरुमा रहेको दुर्गा मन्दिरहरुमा ब्रह्मण राखेर बिधिवत रुपमा पुजाआजा शुरु भएको छ ।
नवरात्रको लागि कुमारी कन्याहरुद्धारा भएको कलशयात्रा पछि पुजा विधिवत रुपमा शुरु भएको छ ।
गरुडामा नवरात्रको सयौ कुमारी कन्याहरुद्धारा आज बाजागाजा सहित कलश यात्रा निकालिएको छ। गरुडा स्थित दुर्गा मन्दिरको प्रांगनमा आयोजना भएको पुजा स्थलबाट सयौको संख्यामा निस्केको कुमारी कन्याहरु नदिमा गई जल लिएर पुन पुजा स्थलमा आएर कलश स्थापना गरेपछि पुजा औपचारीक रुपमा शुरुभएको छ।
त्यस्तै जिल्लाका विभिन्न स्थानबाट हजारौ कुमारी कन्याहरु आज बागमति, चाँदी लगाएतका नदिहरुमा जल लिन पुगेकी थिईन ।
जिल्लाका दुर्गा मन्दिरहरुमा वर्षेणी आकर्षक माता दुर्गाको मूर्ति स्थापना गरी भव्य मेलाको अयोजना हुने गरेको छ ।
घटस्थापना अगाडी देखीनै गरुडाबजार क्षेत्रमा दशै अवधिभरी अर्थात देवीको बली सुरु नभएसम्म् खसी,कुखरा नकाटन सुचना गरीन्छ । सुचनाको बेवास्ता गरेर काटनेलाई सार्वजनिक रुपमा कडा कार्यवाही गर्ने चेतावनी दिईनेगरेको र
सुचना अनुसार बजारक्षेत्रमा खसी कुखरा न काटिने सो अवधिमा बढीमा माछा सम्म बेच्न पाईने एकजना स्थानीयहरुले  ले बताए ।
अर्कोतर्फ दुुर्गापाठमा ब्रत बस्नेहरु पनी दशै अवधिभरी साकाहारी रहने गरेका हुन्छन। । गरुडाकै जस्तो जिल्लाको गौर,कटहरिया ,शिवनगर,मलाहीटोल  लगायतका बजारमा दुुर्गा पुजाको अवधिमा अर्थात दशैमा भगवती लाई बली सुुरु नभएसम्म खसी कुखरा लगायतका अन्य मासुु जन्य परिकारमा प्रतिबन्ध हुदैआएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer