bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

गुल्मीको जंगलमा ३ वटा शव फेला

pokhariya Holi Notice


१६ कात्तिक, गुल्मी । गुल्मीमा बेवारिसे अबस्थामा ३ वटा शव फेला परेका छन् । शनिवार बिहान जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ३ पोखरी भन्ने स्थानमा अन्दाजी २७ वर्षिय महिलाको र अन्दाजी ७ र ८ वर्षका बालकको २ वटा बेवारिसे अबस्थामा शब फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए ।
कच्ची सडकबाट ४ मिटर पर बेवारिसे अबस्थामा महिलाको शब र सोहि स्थानबाट १ मिटर पर २ वटा बालकको शब फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए । शबलाई पोष्टमार्टम लगायत घटनाको स्थलगत अध्ययनको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रहरी निरिक्षक सहितको टोली पठाइएको प्रहरी नायव उपरिक्षक घलेले बताए ।
बेवारिसे अबस्थामा फेला परेको शबको र पहिचाहन र घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शबलाई पोष्टमार्टमको लागि जिल्ला सदरमुकाम ल्याईएको छ । घटनास्थल सदरमुकामबाट झण्डै ७० किलोमिटर उत्तर पूर्वमा पर्छ। घटनास्थल बाग्लुङ र गुल्मीको सिमानामा छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer