bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

रेसुङ्गा नगरपालिकाले शुक्रवार सार्बजनिक बिदा दिने

pokhariya Holi Notice


१९ कात्तिक, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले शुक्रवार सार्बजनिक बिदा दिने भएको छ । कात्तिक २२ गते परेको हरिबोधनी एकादशीको अबरसमा सार्बजनिक बिदा दिने निर्णय गरिएको रेसुङ्गा नगरपालिका गुल्मीका नगरप्रमुख डिल्लीराज भुसालले बताए ।
नगरप्रमुख भुसालद्धारा हस्ताक्षरित सार्बजनिक सुचनामा एकदशीमा एकदिन रेसुङ्गामा ठूलो मेला लाग्ने भएकाले बिदा दिने निर्णय उल्लेख गरिएको छ । एकादशीको दिन जिल्लाको धार्मिक,ऐतिहासिक एबम् पर्यटकीय स्थल रेसुङ्गामा ठूलो मेला लाग्ने गर्दछ ।
मेलालाई व्यवस्थीत रुपमा मनाउनको निम्ति र रेसुङ्गा क्षेत्रको प्रचार प्रसार गरि नेपाल ग्रमण वर्षमा धेरै पर्यटकको आगमन गराउने उदेश्यले एक दिन सर्बजनिक बिदा दिने निर्णय भएको नगरप्रमुख भुसालले बताए । नगरपालिकाले सार्बजनिक बिदा दिने सुचना जारी गर्दै रेसुङ्गामा लाग्ने मेलामा सरिक हुन् समेत आग्रह गरेको छ ।
रुरु–रेसुङ्गालाई नेपाल सरकारले देशका प्रमुख पर्यटकीय गन्तव्यहरुमा समावेस गरेको छ । अहिले रेसुङ्गा क्षेत्रभित्र पूर्वाधार विकास, प्राचीन, ऐतिहासिक, धार्मिक, सामाजिक तथा पुरातात्तिवक महत्वका वस्तु र स्थानहरुको संरक्षण, सम्बद्र्धन र प्रचार–प्रसारको काम भइरहेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष भुसालले बताए ।
रेसुङ्गाको शिखरमा त्रेतायुगमा अयोध्याका राजा दशरथका राजकीय ऋषि ऋष्यश्रृंगले तपस्या गरेको र आध्यत्मिक महत्व रहेको जनश्रुति छ । यस क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका स्थलहरु पनि रहेका छन् । धागीथुम,रामकुण्ड, सिद्धस्थान, अर्जुनडाँडा, महापोखरी, यज्ञशाला, गौशाला, साउने शिवालय, जस्ता धार्मिक स्थलहरु यसै संरक्षित वनक्षेत्र भित्र पर्दछन् ।
यहाँ बिभिन्न अवसरहरुमा पराम्परागत मेलाहरु लाग्ने गर्दछन् । रेसुङ्गा संरक्षित वनको उच्च स्थानमा धवलागिरिदेखि मनास्लुसम्मको हिमश्रृंखला लगायत नौ जिल्लाको दृश्याबलोकन गर्न सकिने भ्यु टावर रहेको छ । यहाँ विद्यार्थीहरुको लागि शैक्षिक भ्रमण,होमस्टे र ग्रामीण पर्यटनको राम्रो सम्भावना रहेको छ । यस मन्दिरमा दैनीक पूजा हुनुका साथै साउन भर एक महिना मेला र औंसी, ठूला एकादशी लगायतका पर्वहरुमा ठूलो मेला लाग्ने गर्दछ ।

Simraungadh Holi Notice
प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.