bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

गुल्मीमा अलपत्र हाटबजार सितभण्डारण सहित सुचारु

pokhariya Holi Notice


२४ कात्तिक, गुल्मी ।

गुल्मीमा लामो समयदेखि अलपत्र हाटबजार सञ्चालनमा आएको छ ।

कृषकले उत्पादन गरेका बस्तुहरुलाई सहज रुपमा बिक्री बितरण गर्नका लागि तम्घासको चारिखोलामा हाटबजार संचालन आएको हो ।
हाटबजार सञ्चालन गर्न भन्दै बिगत ७ बर्षदेखि निर्माण कार्य थालिएको कृषि तथा पशुउपज संकलन केन्द्र तथा शित भण्डारण
हाटबजार एक कार्यक्रमका बिच शुभारम्भ गरिएको छ ।

गुल्मी दसरमुकाम तम्घासको चिदिचौरमा सञ्चालन हुदै आएको हाटबजार खेलमैदानको बिस्तारको क्रममा भत्काइएपछि
तम्घासकै चारीखोला भन्ने स्थानमा निर्माण गरिएको थियो । नयाँ ठाउँमा सञ्चालन गर्ने उदेश्यले निर्माण भएको हाटबजार निकै
सुस्त गतिमा काम हुदा लामो समयदेखि निर्माण कार्यमै थियो ।

नेपालमै पहिलो ५ मेट्रिक टन क्षमताको सितभण्डारण सहितको हाटबजार सञ्चालन आएपछि कृषकले सिधै बेच्न पाउदा
ठगिनबाट बच्ने अगुवा कृषकहरुको भनाई छ । हाटबजार कुल १ करोड ३३ लाख ५० हजारको लागत लागेको थियो ।

सञ्चालनमा आएको हाटबजार केही समयसम्मका लागि रेसुङ्गा नगरपालिकाले समिति निर्माण गरेर हाटबजार संचालनमा ल्याएको र
पछि बिस्तारै कृषक बर्ग वा ब्याक्तिलाई हस्तान्तरण गर्ने योजना रहेको रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले बताए । दैनिक
रुपमा ताजा तरकारी हाटबजारबाटै पाइने भएपछि यहाँका स्थानीयहरु खुसी भएका छन् भने उनीहरुले निरन्तर रपमा संचालन गर्न
आग्रह गरेका छन् ।

कार्यक्रममा नगरपालिका भित्रका कृषकहरु र निर्माण कार्यमा सहयोग गर्ने ब्याक्तिहरुलाई सम्म्मान गरिएको थियो । हाटबजार
सञ्चालनमा आएसँगै कृषकले उत्पादन गरेका बस्तुहरुको उचित मुल्य पाउने जिल्ला समन्वय समिति गुल्मीका अध्यक्ष लक्ष्मण पराजुलीलले बताए ।

पहिले कृषकहरुले उत्पादन गरे पनि बजार सम्म लैजादा बास्तबिक मुल्य नपाउने र बिचौलीया हाबी हुने गरेको भन्दै अब
किसानले बास्तबिक मुल्य पाउने पराजुलीको भनाई छ । तम्घासको चिदिचौर रहेको हाटबजार खेल मैदान बिस्तार गर्न भन्दै भत्काएर
नयाँ ठाउँमा निर्माण गरिएको थियो ।

कृषकले हाटबजारलाई निरन्तर सञ्चालन गर्नको निम्ति ढुक्क हुनुपर्ने बतावरण हुनुपेर्न भनाई छ । हाटबजारको कृषि उपजहरु
बजारको भन्दा करिव ३५ प्रतिशत सस्तो रहेको नगरपालिकाको दावी छ । सात बर्षपछि संचालन भएको हाटबजारको थुप्रै
शंका उपशंकाहरु भइरहेका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer