bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

५८ किलाे चरेससहित ५ जना प्रहरी नियन्त्रणमा

pokhariya Holi Notice

बर्दिया, १ मंसिर — जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएकाे गस्ती टाेलीले यहाँकाे गुलरिया नगरपालिका वडा नं ८ स्थित भन्सार राेडबाट ५८ किलाे लागूऔषध चरेससहित ५ जनालाई नियन्त्रणमा लिएकाे छ ।

पक्राउ पर्नेमा दाङ घाेराहीका ३४ वर्षीया राजकुमार पुन मगर, २७ वर्षीया जुनतारा पुन, ३४ वर्षीया सुनथामी बुढामगर, २९ वर्षीया खिमप्रसाद राेक्का मगर र रूकुम उतरगंगा निवासी २६ वर्षीया अस्मिता रामजाली रहेका छन् ।

गुलरिया- ८ मा पर्ने भन्सार राेडबाट चेकजाँचका क्रममा शंकास्पद देखिएका कारण उनीहरूले बाेकेकाे झाेला खानतलासी गरिएकाे थियाे । खानतलासीका क्रममा उनीहरूबाट चरेस बरामद भएकाे जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरिक्षक लक्ष्मण ओलीले बताए ।

प्रहरी निरिक्षक ओलीले भने, ‘झाेला बाेकेर साँझ करिव ७ बजे उनीहरू भन्सार राेड हुँदै भारततर्फ लागिरहेकाे समयमा उनीहरूलाई पक्राउ गरिएकाे हाे ।’ प्रहरी गस्ती टाेलीले ५ जनालाई पक्राउ गरेकाे भए पनि अन्य दुई जना भने भाग्न सफल भएका छन् ।

भागेका दुईमध्ये एकले झाेला बाेकेकाे कारण उनीहरूसँग पनि चरेस रहेकाे अनुमान गरिएकाे छ । ती दुई जनाकाे खाेजीका लागि बर्दियाकाे सम्पूर्ण नाकामा चेकजाँच कडा पारिएकाे छ भने जिल्ला प्रवेश गर्ने र बाहिरिने सवारीसाधनकाे समेत चेकजाँच कडा पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer