bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

महिला समुहद्वारा विद्यालय र मन्दिरलाई डेढ लाख सहयोग

pokhariya Holi Notice


बागलुङ मंसिर २

हिजो आज गाउँ गाउँमा दिदीबहिनी आमाहरु एकिकृत रुपमा समुह गठन गरि समाजको समृद्विमा लागेका छन ।

आमा तथा महिला समुहको स्थापना गरि समाजमा हुने हरेक सामाजिक गतिविधीमा जोडिएका छन ।
पछिल्लो समय महिला समुहहरुले थुप्रै उल्लेख्य कामहरु गर्दै आईरहेका समाचारहरु निकै सुन्न र
देख्न पाईन्छ । महिला तथा आमा समुहले गाउँमा लाहुरे आउँदा, विदेशी आउँदा होस या अन्य
अतिथीहरुको आगमनका क्रममा स्वागत सत्कार स्वरुप भजन गाउने प्रचलन छ ।

भजन गाएर संकलित रकम महिला दिदीबहिनीहरुले समाजिक कार्यमा खर्च गर्ने गरेका छन । यसै सिलसिलामा
जिल्लाको गलकोट नगरपालिका ७ मल्म खोलापारीमा अवस्थित मुलपानी सप्ताहघाट महिला समुहले स्थानिय
सामुदायिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।

गलकोट नगरपालिका ७ मल्म सप्ताहघाटको प्रगति आधारभुत विद्यालयलाई नगद रु १ लाख र खडग कालिका मन्दिरलाई
नगद रु ५० हजार गरि डेढ लाख आर्थिक सहयोग गरेको छ । वि।सं २०४७ सालमा स्थापना भएको विद्यालयले
समयको आवश्यकता अनुरुप वि।सं २०६९ साल देखि अङग्रेजी माध्ययमबाट पठनपाठन सुरु गरेको थियो ।

अभिभावकको चाहना बमोजिम अङग्रेजी माध्ययमबाट कक्षा सञ्चालन भएपछि अहिले विद्यार्थीको आकर्षण समेत बढेको छ ।
२ वटा शिक्षकको दरबन्दी रहेको उक्त विद्यालयमा ८ जना शिक्षक स्थानिय श्रोतमा रहेका छन । आर्थिक अभावमा रहेको
विद्यालयलाई थोरै भएपनि राहत होस भन्ने उद्येश्यले शैक्षिक गुणस्तर अभिवृद्वि गर्नको निमित्त विद्यालयलाई आर्थिक सहयोग
प्रदान गरिएको मुलपानी सप्ताहघाट महिला समुह गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष थुम कुमारी थापाले
जानकारी दिनुभयो ।

समुहले मल्म सप्ताहघाटमा रहेको खडग कालिका मन्दिरमा सत्तल निर्माण गर्नको निमित्त नगद रु ५० हजार
सहयोग गरेको छ । वि।सं २०६४ सालमा स्थापना भएको महिला समुहले वि।सं २०६६ सालमा सामाजिक
संस्था घुम्टे युवा परिवारको प्राङगढमा पक्की मञ्च र स्वागत द्वार निर्माण गरेको थियो । समुहले स्थानिय
स्तरमा विभिन्न सामाजिक कृयाकलाप तथा गतिविधीहरु गर्दै आईरहेको छ ।

महिला समुहले आर्थिक सहयोग गरेको भन्दै प्रगति आधारभुत विद्यालय र खडग कालिका भगवती गुठीले हार्दिक
कृतज्ञता समेत प्रकट गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर थापाले बताउनु भयो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer