bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

गुल्मीमा पर्यटन विकास समितिका कर्मचारीले १ बर्ष देखी तलव पाएनन्

pokhariya Holi Notice


३ मंसिर, गुल्मी । गुल्मीमा रहेको पर्यटन विकास समितिमा काम कर्मचारीले १ वर्ष देखिको तलव नपाउदा समस्या परेका छन् । रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिमा काम गर्ने कर्मचारीले ०७५ साउन देखि ०७६ असारसम्म एक वर्षको तलव नपाउदा कर्मचारी नै अन्योलमा परेका हुन् । कर्मचारी मात्रै होइन कार्यालय सञ्चालनको कुनैपनि निर्णय र समिति गठन नहुँदा कार्यालय बन्द अबस्थामा छ । समितिको रेसुङ्गा नगरपालिकाको वडा नम्बर–७ मा आफनै भवनमा कार्यालय रहेको छ । हाल उक्त भवनमा नगरपालिकाको वडा कार्यायल पनि राखिएको छ ।
कार्यालयमा रहेका १ जना अधिकृत १ जना खडदार र २ जना कार्यालय सहयोगी गरि ४ जना कर्मचारीले एक वर्ष यताको तलव नपाएका हुन् । कर्मचारीहरुले एक वर्षको पाउनु पर्ने तलव गरि झण्डै रु १० लाख रकम रहेको कार्यालयकी खडदार बिष्णु गौतमले बताउनु भयो । सरकारी तबरबाट बेवास्ताकार कारण कर्मचारी र कार्यालय सञ्चालनको रकम समेत नआउदा कार्यालय नै बन्द भएको छ । सरकारले जिल्लाको रुरु र रेसुङ्गा क्षेत्रसँगै आसपसको क्षेत्रमा पूर्वाधार निर्माण पर्यटकीय स्थलहरुको संरक्षण र प्रचासर–प्रसार गर्ने उदेश्यले ०६३ सालमा रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समिति गठन गरिएको हो ।
०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा समितिका अध्यक्ष निलकण्ठ गौतम गाउँपालिकामा निर्वाचित भएपछि अध्यक्ष पदबाट राजिनामा दिएपछि उक्त पद रिक्त रहेको थियो । रिक्त अध्यक्ष पदमा सरकारले अर्को नियुक्ति नगरेपछि त्यस कार्यालयमा थप समस्या बल्झीएको हो । समितिको ०७५ माघसम्म समय अबधी रहेको थियो । कार्यालयमा कार्यकारी निर्देशक रहेका नरेश भण्डारीको पनि गत वर्षको माघ सम्म समय अबधी रहेको थियो ।
संस्कृति पर्यटन नागरिक उड्यन मन्त्रालय मातहतमा रहेको कार्यालयलाई संघिए सरकारले प्रदेश सरकारलाई जिम्मा लगाएको थियो । संघिए सरकारले रु ४० लाख बजेट सहित प्रदेश सरकालाई हस्तातरण गरे पनि बजेट र कार्यालय सञ्चालन हुन सकेन् । प्रदेश सरकारमा आएको बजेट कार्यबिधिी निर्माण नभएकाकाराण फ्रिज भएको थियो । संघिए सरकारले प्रदेश सरकारलाई हस्तातरण भएपनि प्रदेश सरकारले कार्यबिधि तयार नभएकाले कार्यालय सञ्चालन हुन सकेको छैन् ।
समितिलाई सञ्चालन गर्नको निम्ति प्रदेश नम्बर ५ उद्योग, पर्यटन वन तथा बातावरण मन्त्रालयले कार्यबिधी तयार भइरहेको र कार्यबिधि अनुसार सञ्चालन गर्ने तयारीमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer