bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

रुरुक्षेत्र गाँउपालिका गुल्मी बाट जिल्लामै पहिलो पटक जिल्ला बाहिर दुध निर्यात सुरु

pokhariya Holi Notice


गुल्मी /मंसिर १६

रुरुक्षेत्र गाँउपालिका गुल्मी बाट जिल्लामै पहिलो पटक जिल्ला बाहिर दुध निर्यात सुरु भएको छ ।

स्थानिय ईश्वर डेरीले भुमि ब्यवस्था कृषि तथा सहकारी ५ नंं प्रदेश बाट ५० प्रतिसत अनुदानमा
ट्यांकर खरिद गरि जिल्लामै पहिलो पटक जिल्ला बाहिर दुध निर्यात सुरु गरिएको हो । ३ हजार
लिटरको ट्यांकर बाट केहि दिनको अन्तरमा रुरुक्षेत्र गाँउपालिका गुल्मी उत्पादित दुध पोखरा पठाउने गरिएको छ ।

दुधमा पालिकालाई अत्मनिरभर बनाउन रुरुक्षेत्र गाँउपालिका गुल्मीले दैनिक २० लिटर बढी दुध उत्पादन गर्ने
कृषकलाई प्रतिलिटर २ रुपैया नगद अनुदान र घास,प्रबिधि,भकारो सुधार,नस्ल सुधार लगाएतका सुबिधा पनि दिदै अएको छ ।

जिल्ला बाहिर दुध निर्यात सुरु भएको अवसरमा प्रदेश सांसद तथा बिशेषाधिकार समिति संयोजक कमलराज श्रेष्ठले दुध निर्यात दिगो बनाउन ट्यांकरकै क्षमता बराबरको दुध चिस्यान केन्द्र आवस्यक रहेको बताउनु भयो ।

गाँउपालिका अध्यक्ष निलकण्ठ गौतमले आवस्यक परे रकमान्तर गरेर भए पनि पशु पालन र दुध उत्पादन बढाउने कार्यक्रम गर्ने बताउनु भयो ।
प्रमुख प्रसासकिय अधिकृत चेतनाथ गिरीले किसानले उतपादनको अधिक्तम मुल्य निरनतर पाएमा दुध निर्यात दिगो हुने बताउनु भयो ।
गाँउपालिका उपाध्यक्ष लक्ष्मिदेबी पन्तले समृद्धि र निर्यातको निरनतरताको लागि महिला पनि पशु पालन र उत्पादनमा सहभागी हुनु पर्ने बताउनु भयो ।

बृषक एवं पशु फर्म संचालक नारायण पौड्यालले कृषि सम्बन्धि उपयुक्त निति र स्थानिय तहमा कार्यान्वयन आजको आवस्यकता बताउनु भयो ।

उध्योग बणिज्य संघ बलेटक्सारका अध्यक्ष तोयनारायण ज्ञवालीले आर्थिक सन्तुलनको लागि पनि यो निर्यात महत्वुिर्ण भएको बताउनु भयो ।

डेरी संचालक नर्जन श्रेष्ठले रुरुक्षेत्र गाँउपालिका गुल्मी बाट दुध निर्यातको निरनतरता र स्थाईत्वका लागि गाँउ गाँउमा उत्पादित दुध संकलनको लागि गाँउपालिककाले सहयोग गर्नु पर्ने बताउदै धन्यबा ब्यक्त गर्नु भएको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer