विश्रामपुर GP PSA
सिम्रौन्गढ़ नपा psa

विद्यार्थीबाहक बस र उखु बोकेको ट्रक आपसमा ठोकिदा १० जना घाइते

0 1,141

Get real time updates directly on you device, subscribe now.

cin bigyapan
देवताल psa

सन्जय सहनि,रौतहट//  रौतहटमा विद्यार्थीबाहक बस र उखु बोकेको ट्रक आपसमा ठोकिदा १० जना घाइते भएका छन्। घाइते मध्ये चार जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। रौतहटको गरुडा ४ बजारस्थित नेपाल पुलिस स्कुलको शाखाबाट विद्यार्थी र शिक्षक बोकेर गरुडा ८ जिंगडियामा रहेको विद्यालयको होस्टलतर्फ बा१ग २१७९ नम्बरको बस र विपरीत दिशाबाट ना३ख ७४१८ उखुको बोकेर गरुडास्थित श्रीराम सुगर मिल्सतर्फ आइरहेको ट्रकसँग उक्त बस गरुडा ८ मा रहेको पेट्रोल पम्पनजिक ठोक्किएको हो। ओभरटेक गर्ने क्रममा ट्रकलाई सम्हाल्न नसकेपछि विद्यार्थीबाहक बसमा ठोकिएर पल्टेको थियो। घटनामा बसका चालक डम्बर विक, ट्रकका चालक थपलिया, शिक्षिकाद्वय निरुपा कार्की र ईश्वरी थापा घाइते छन्। बसका विद्यार्थीहरु आयात सिंह, युवराज पटेल, कृतिका रन्जन, सौगात सारु, आर्यन रस्तोगी, कैलरिन राई भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था चिन्ताजनक छ। गरुडामा सबै घाइतेको उपचार भइरहेको छ। गम्भीर घाइते कैलरिन राई, चालक डम्बर विक, जवान विष्णुमाया स्याङतानसहित चार जनालाई वीरगन्जतर्फ रेफर गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले जानकारी दिए। घटनालगत्तै व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ। घटनाको मुख्य दोषी ट्रक चालक बारा निजगढका थपलिया घाइते भएकोले प्रहरी नियन्त्रणमा उपचार भइरहेको र थप अनुसन्धान भइरहेको रौतहट प्रहरी प्रमुख एसपी खत्रीले बताए।

फेटा GP PSA

Get real time updates directly on you device, subscribe now.

आदर्श कोतवाल GP PSA
परवानीपुर GP PSA

Leave A Reply

Your email address will not be published.