bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

गुल्मीको इस्मा ४ को कार्की गाउँ अझै शोकमा, प्रत्येक मृतकका परिवारलाई २० हजार सहयोग

pokhariya Holi Notice

गुल्मी, १३ माघ
परिवार र समाजमा दुखद क्षण थुप्रै छन् । तर बिर्सदै जानुको बिकल्प छैन् । गुल्मीको इस्मा गाउँपालिका ४ को कार्की गाउँ त्यस्तै ठुलो बिपद्मा प¥यो । दुर्घटनामा ठुलो मानवीय क्षति पुगेकाले कार्की परिवार अझै शोकमा छन् । इस्मा गाउँपालिकाले दुखमा केहि भएपनि सहयोग पुगोस भन्ने उदेश्यले राहत प्रदान गरेको छ । प्रत्येक मृतक परिवारलाई राहत स्वरुप २० हजारका दरले नगद प्रदान गरिएको इस्मा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण महतले बताए । गत मंसिर १७ गते इस्मा गाउँपालिका ४ दोहलीबाट कुल पुजाको लागि बाग्लुङ्ग जाँदै गरेको जीप दुर्घटनामा परेको थियो । दुर्घटनामा मृत्यु भएका १२ जना परिवारलाई राहत वितरण गरिएको हो । गाउँपालिका प्रमुख लक्ष्मण बिष्ट, उपप्रमुख बिमला खत्री, वडाध्यक्षहरु कलानिधी भण्डारी, गनुप्रसाद अधिकारी लगायतका सरोकारवालाहरुको उपस्थितीमा राहत स्वरुप नगद वितरण गरिएको हो ।

अझै आँखा ओभाएका छैनन्

दुर्घटनामा आफन्त गुमाएका परिवारले करिव दुई महिनापछि त्यो दुखद क्षण पुन सम्झिन बाध्य भएका छन् । आइतबार इस्मा गाउँपालिकाले मृतक परिवारलाई राहत प्रदान गरेको छ । राहत बुझन आएकी उमा कार्कीका आँखामा आँसु अझै ओभाएका थिएनन् । कार्कीले श्रीमान र बुहारी गुमाइन् । नाति गम्भीर घाइते बने । टिलपील आँखा र गलो अवरुद्ध पारेरै राहत बुझिन् । श्रीमति र छोरी गुमाएका सोहि गाउँका प्रेम कार्कीको मुहारमा पनि खुसीको थोपा थिएन् । उनी रोजगारीको शिलसिलामा भारत थिए । दुर्घटनामा श्रीमति र छोरी परेको खबर पाएर घर आएका कार्की फर्किएका छैनन् । घरमा स–साना छोरीहरु छन् । श्रीमान गुमाएको पीडाले बिक्षिप्त नन्दकला कार्कीले पनि राहत बुझिन् । तिल बहादुर कार्की आफै पनि शारिरीक रुपमा अस्वस्थ छन् । त्यसमाथी श्रीमति गुमाउँदाको पीडाले छटपटिएका छन् ।

सधै कार्की गाउँको पक्षमा छौ ः जनप्रतिनिधी

राहत वितरण गर्दै गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले मानवीय क्षतिको पूर्ति पैसाले गर्न नसकिने बताउँदै थोरै भएपनि दुखमा सहजीकरण गर्न राहत प्रदान गरिएको बताए । उनले दुर्घटनामा मृतकको उद्धार, पोष्टमार्टम, अन्त्येष्टि तथा घाइतेहरु उपचार र शोकाकुल परिवारलाई राहत प्रदान कुरामा आफुहरु गम्भीर भएर लागेको बताए । त्यस्तै गाउँपालिका उपप्रमुख बिमला खत्रीले शोकमा रहेका परिवारको जिविकोपार्जनको क्षेत्रमा सहयोग पुराउन गाउँपालिका वा अरु निकायमा पहल गर्ने बताइन् । वडाध्यक्ष गनुप्रसाद अधिकारीले जनप्रतिनिधी जनताको दुखमा छन्, भन्ने कुराको प्रमाण दुर्घटनामा इस्मा गाउँपालिकादेखि केन्द्रीय पुर्वमन्त्रीले समेत देखाएको बताए । गाउँपालिकाले उद्धारदेखि अन्त्येष्टि सम्मको सवै खर्च व्यहोरेको छ । भने गाउँपालिकाकै समन्वयमा कृया बसेका परिवारलाई कम्बल समेत वितरण गरिएको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer