bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

मधेसी दलले छोडेको विडा आज पनि जिवंत राख्दै मजविस

pokhariya Holi Notice

कलैया, बारा ।

मधेसी दलले छोडेको विडा आज पनि जिवंत राख्दै मधेस जनविद्रोह समितिले सांस्कृतिक कार्यक्रमको आयोजना गरेको  थियो । मधेसी दलले सुरुमा आफ्नो विभिन्न मांगहरु जन्तामाझ ल्याएका थिए तर जन्ता लाइ मूर्ख बनाउदै ती सबै मांग र मुद्दा लाई छोड्दै, मात्र आफ्नो स्वार्थ सिद्ध गरेको कुरा विभिन्न गीत संगीतको माध्यम बाट समितिले जनता माझ ज्ञात गराएका थिए।

मधेसी दलले सुरुमा विभिन्न मांगहरु मध्ये प्रमुख मांगहरु छोडेर आफ्नो स्वार्थमा मात्र लिप्त रहेको कुरा समितिले दर्शाएका थिए। प्रमुख मांगहरु मध्ये समग्र मधेस एक स्वायत प्रदेश लागू गर, आत्म निर्णयको अधिकार लागू गर, पुर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर, भौगोलिक , भाषिक, सांस्कृतिक एकरूपता निर्वाचन क्षेत्र गठन गर, संविधान पुनर लेखन गर, क्षेत्रीय भाषा संस्कृतिको संवैधानिक प्रत्याभूति गर र प्रत्येक निकायमा मधेसी लाइ समानुपातिक प्रवेशको प्रत्याभूति गार भन्ने मुद्दाहरु लाइ सांस्कृतिक कार्यक्रममा समितिका केन्द्रिय सदस्य गणेश साहले अवगत गराएका थिए।


मजविसले २०७२ को आन्दोलन पश्चात् हरेक वर्ष आफ्नै समाज परवानिपुर गाउपालिका वाडा न. ५ बहुवरिमा जागरण अभियान अन्तरगत सांस्कृतिक कार्यक्रम गर्दै आएको छ। मजविसले समय समयमा विभिन्न रचनात्मक एवं गुणात्मक कार्य गर्दै आएको मध्ये पर्वानीपुर गाउपालिका वाडा न. ५ बहुवरीमा मधेसी वीर सहिदहरुको नाममा वाडा कार्यालय जाने बाटोमा बृक्षारोपन गरि सहिद बाटिका नामाकरन गरेको वाडा कार्यालय अगाडि प्रत्येक वर्षझै यस वर्ष पनि कार्यक्रम गरिएको थियो।

मधेस लाई आफू मधेसको मसिहा बुझ्ने नेताकार्यकर्ताहरुले सिङ्गो नेपाल लाई नै सखाप पारी रहेको गीत संगीतको माध्यम बाट अवगत गराएका थिए। समितिले सांगीतिक कार्यक्रम मार्फत विभिन्न समयमा र विभिन्न बहानामा विभिन्न आन्दोलन गरि जनता लाई नै मारेको तर जनता आज पनि त्यही उत्पिडनमा रहेको सर्वविदित नै रहेको जस्मा अझै बिचार गरिएन भने हाम्रो देश कुन बाटोमा जान्छ भने कसैको आभास नरहेको सांस्कृतिक कार्यक्रम मार्फत दर्शाएका थिए।

आफ्नो मन्तव्य राख्ने क्रममा विशिष्ट अतिथि नेपाल विश्व हिन्दु महासंघका केन्द्रिय सचिव अविशेक तिवारीले भने अझै मधेश र मधेसी लाई शोषण र उत्पिडनमा राख्ने सोच नै रहेको कुरा लाई आफ्नो भोगाइ र भुझाइ लाई दर्साउदै ज्ञात गराएका थिए।

त्यस्तै श्रीनंन्दन मिश्र, नन्दकिशोर गिरि लगायतकाले पनि समाज लाई अबको समयमा आफू सचेत नागरिक नभैइ अगाडी बढेन भने भोलिको दिनमा आफ्नै सन्ततिको जीवन लाई नर्कमा धकेलिने बताएका थिए।

कार्यक्रमको मुख्य नारा भने स्थानीय भाषामा “वहरुपियनके बहिसकार करि, मधेसी सहिद के सम्मान करि ” ब्यंगात्मक रुपमा राखेका थिए। प्रमुख अतिथिको आसन बाट मजविसका केन्द्रिय सदस्य अजय पटेलले भने हाम्रो देश नेपालको एउटा व्यथा रहेको छ । जुन हाम्रै समाजका गरिब र मध्यम वर्गका व्यक्ती लाई आफ्नो फोहरी राजनीतिको जालमा पारी पुरै देश लाई नै सखाप पारी रहेको पटेलले आरोप लगाए।

त्रेता युगका राक्षस यक्ष वंशका राजा रावण झै जगत जननी माता सिताको जन्म भुमिमा माता सिता जस्तै चेली हरुमाथी भैइ रहेको अत्याचार लाई आँखा नदेखे र कान नसुनेको जस्तै गरि आफै त्यस्ता घट्ना लाई प्रोत्साहन दिएकोले अब चरितार्थ र मानवता नै समाप्त गरि सकेको पटेलले आरोप लगाए।

मजविस का के. सदस्य पटेलले हरेक पर्व त्यवहारमा बारा र पर्सा जिल्लाका मधेसी सहिद हरुको घर घरमा पुगि केही सहयोग गर्ने गरेका छन। सोही अनुसार उनी मधेसी सहिद हरुले जुन अधिकारका लागि दिएको बलिदानीको कुरा लाई सधैका लागि स्मरण राख्ने उदेश्यले सांस्कृतिक कार्यक्रमको आयोजना गरि उक्त स्थानमा मेला लगाउने गरेका छन।

यिमुद्दाहरु पूरा नभए सम्म मात्र मधेस हैन नेपालको नै कल्याण नहुने पटेलले ठोकुवा गरेका थिए जुन जनताले नै गर्नु पर्ने हो। यस्तै जनतले यदि केही कुराको प्रलोभनमा परिरहने हो भने नेपालको अवस्था कहिले पनि नसुध्रिने समेत पटेलले ठोकुवा गरेका थिए।

कार्यक्रमको अंतमा विशिष्ट अतिथिको रुपमा आसिन २०७२का जिउदो सहिद मुन्सी पटेलको हाथ बाट सहिद बाटिका वाडा कार्यालयको दायाँ पट्टी बृक्षारोपन गरिएको थियो।

उक्त कार्यक्रममा विभिन्न सञ्चारकर्मी स्थानिय भद्रभलादमी स्थानिय गायक धुरेन्द्र सहनी (लाठी फाठा वाला), लालबाबु पटेल र ललन सहनि लगायका उपस्तिथि रहेको थियो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer