स्थानीय सरकारसग जनता सम्बाद कार्यक्रम सम्पन्न


प्रभु यादव, बारा।। बाराको महागढीमाई नगरपालीकामा स्थानीय सरकारसग जनता सम्बाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागी जनता श्यामबाबु सहनीले गरीबलाई धनीले कहिलै राम्रोसग हेर्दैन बताए । स्थानीय मदन माझीले गाउमा दलितलाई चपाकलको व्यवस्था नगरी गैर दलितलाई लक्षित गरि गाडी दिएको अारोप लगाएको छ । जाडोमा कपडा बडदा दलित बस्तीको मुसहरटोलमा नदिएको गुनासो गरे माझीले । महागढीमाई नगरपालीकाको वार्ड नम्वर ७ मा रहेको सिसहनीया टोलमा गरिएको कार्यक्रममा स्थानीय झकड साहले गाउमा चार पाग्रे ठुलाो गाडी अाउदैन तर टासिएकै छेछाउको गाउमा बस चलने बाटो रहेकोले बाटो बनाई दिन जनप्रतिनिधिसग अाग्रह गरेको छ । किस्मती देवी रामले महिलाहरूलाई बाटो हिडन सुरक्षाको वातावरण बनाउन र चर्पी नभएका गरीबहरूलाई बनाउनमा सहयोग गर्न नगरपालीकासग अाग्रह गरेकाछन ।

